Logo

५ भन्सार कार्यालयमा प्रभु बैंकका एक्स्टेन्सन काउन्टर, आईतबारदेखि संचालनमा

५ भन्सार कार्यालयमा प्रभु बैंकका एक्स्टेन्सन काउन्टर, आईतबारदेखि संचालनमा



काठमाडौं । प्रभु बैंकले विभिन्न ५ ओटा भन्सार नाकामा आफ्नो एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ । नेपाल भारत सीमामा रहेका ५ वटा भन्सार कार्यालयहरुमा आफ्नो बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्य सहित प्रभु बैंकले नयाँ एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको हो ।

laxmi

सर्लाही जिल्लास्थित सर्लाही भन्सार, सिराहा जिल्लास्थित माडर भन्सार, रौतहट जिल्लास्थित गौर भन्सार, सप्तरी जिल्लास्थित राजविराज भन्सार र धनुषा जिल्लाको जनकपुरस्थित जटही छोटी भन्सार कार्यालय गरी ५ वटा भन्सार कार्यालयमा आईतबारदेखि सेवा सुचारु गरेको बैंकले जानकारी दिएको छ ।

नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा आएका बैंकका एक्स्टेन्सन काउण्टरहरुको सेवाबाट सम्बन्धित भन्सार कार्यालयहरुको स्तरोन्नतीसँगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुने बैंकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
MBL