Logo

पूर्व गभर्नरहरुको चिन्ता : देशमा आयात उच्च भयो कुनै पनि समय अर्थतन्त्र संकटमा पर्ने खतरा

पूर्व गभर्नरहरुको चिन्ता : देशमा आयात उच्च भयो कुनै पनि समय अर्थतन्त्र संकटमा पर्ने खतरा



काठमाडौं । देशको आयात निर्यातको खाडल ठूलो हुँदै गएको भन्दै यसले कुनै पनि आर्थिक संकट निम्त्याउने पूर्व गभर्नहरुले बताएका छन् ।

नेपाल राष्ट्र बैंकको ६४ औं बार्षिकोत्सवमा पूर्व गभर्नरहरुको तर्फबाट बोल्दै सत्यन्द्रप्यारा श्रेष्ठले अबका दिनमा राष्ट्र बैंक आयात प्रतिस्थापन वा नियन्त्रणमा नलागे यसले कुनै पनि समयमा जोखिम निम्तन सक्ने बताएका हुन् । ‘अहिले आयात एकदमै उच्च रुपमा बढ्न गएको छ जने गर्दा विदेशी मुद्रा संञ्चिती समेत उच्च रुपमा घट्न पुगेको छ,’ उनले भने, ‘उक्त समस्या समाधानका लागि राष्ट्र बैंकले अहिले नै नसोच्ने हो भने देशको अर्थतन्त्र कुनै पनि समय खतरामा पर्न सक्छ ।’

देशमा देखिएको आयात निर्यातको खाडललाई पूर्ति गर्न आयातमा कडाई गर्ने नीति अबलम्बन गर्न समेत उनले सुझाव दिएका थिए । आयात प्रतिस्थापन गर्नका लागि देशभित्रै आन्तरिक उत्पादन वृद्धि गरी अनावश्यक बस्तु आयातमा रोक लगाउनु पर्ने उनको भनाई थियो ।

यसैगरी डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अहिले बजारमा व्याजदर र नेप्सेमा देखिएको समस्यालाई समाधान गर्न राष्ट्र बैंक केन्द्रित भएको बताए । साथै पछिल्लो समय ब्याजदर निर्धारणको विषयमा एउटै व्यक्तिले उद्योगी र बैंकरको भुमिका निर्वाह गर्दा समस्या आईपरेको समेत राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL