Logo

हिमाल हस्पिटलबाट सिटिजन्स बैंकको एटिएम सेवा, एटिएम संख्या ७६ पुग्यो

हिमाल हस्पिटलबाट सिटिजन्स बैंकको एटिएम सेवा, एटिएम संख्या ७६ पुग्यो



काठमाडौं । सिटिजन्स बैंकले काठमाडौंको ज्ञानेश्वरमा रहेको हिमाल हस्पिटलमा एटिएम सेवा संचालनमा ल्याएको छ ।

बैंकको १२ औं बार्षिकोत्सवको अवसरमा संचालनमा ल्याएको सो एटिएमको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा हस्पिटलका अध्यक्ष लोक बिक्रम थापाले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

बैंकले आर्थिक वर्ष २०७५÷७६ को तेस्रो त्रयमास सम्ममा ६८ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरि ६३ अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

साथै सोहि अवधि भित्र १ अर्ब ४९ करोड १४ लाख रुपैयाँ संचालन मुनाफा र १ अर्ब ६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेकोे छ । जुन गत वर्ष सोहि अवधिको तुलनामा क्रमश ः ४ दशमलब ०२ र ५ दशमलब ९१ प्रतिशतले वृद्धि हो ।

बैंकले ८१ शाखा, ७६ एटिएम तथा ९९ शाखा रहित बैंकिङ इकाई मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिटान्स सेवा, बैंकान्स्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवालगायतका सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL