Logo

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, हावाहुरी पिडितको लागि दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, हावाहुरी पिडितको लागि दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग



काठमाडौं । सिटिजन्स बैंकले बारा र पर्सामा आएको हावाहुरी पिडितको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।

बैंकले राहत स्वरुप उक्त कोषमा १० लाख ३७ हजार रुपैयाँ जम्मा गरेको हो । बैंकले ‘सिटिजन्स बारापर्सा हुरी पिडित राहत कोष २०७५’ मार्फत सो रकम जम्मा गरेको जानकारी दिएको छ ।

बैंकले आर्थिक वर्ष २०७५÷७६ को तेस्रो त्रयमास सम्ममा ६८ अर्ब ६८ करोड निक्षेप संकलन गरि ६३ अर्ब ५९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

साथै सोहि अवधि भित्र १ अर्ब ४९ करोड १४ लाख रुपैयाँ संचालन मुनाफा र १ अर्ब ६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेकोे बैंकले जानकारी दिउको छ ।

बैंकले ८१ शाखा, ७६ एटिएम र ९९ शाखा रहित बैंकिङ ईकाई मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL