Logo

एभरेष्ट बैंकको सामाजिक उत्तरदायित्व, कुपण्डोलदेखि लगनखेलसम्म वृक्षारोपण

एभरेष्ट बैंकको सामाजिक उत्तरदायित्व, कुपण्डोलदेखि लगनखेलसम्म वृक्षारोपण



काठमाडौं । एभरेष्ट बैंकले पृथ्वी दिवसको अवसरमा कुपण्डोल देखी लगनखेलसम्म वृक्षारोपन गरेको छ । बैंकको सहकार्य र प्रगतीशिल धारा सुधार समितिको सयोजनमा सो स्थानका सडकका दुवै किनारमा विभिन्न प्रजातीका विरुवा रोपिएका हुन ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले संयुक्त रुपमा पूल्चोकमा वृक्षरोपण गरेर हरित अभियानको थालनी गरेका हुन् । सफा र स्वच्छ वातावरण विकास गर्दै हरियाली प्रर्वद्धन र वायु प्रदुषण न्युनीकरण गर्न यस अभियानको थालनी गरिएको हो ।

वृक्षारोपण पछि बकार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सेठले भने, ‘ काठमाडौं उपत्यकाको वातावरणीय गुणस्तर खस्कदै गइरहेको छ । वातावरण स्वच्छ र सफा राख्नु र त्यसको संरक्षण गर्नु हामी सबैको जिम्मेवारी हो ।’

बैंकले यस अघि लाजिम्पाट, कुपण्डोल, पुल्चोक, लगनखेल लगायतका स्थानमा वृक्षारोपण कार्य गरिसकेको छ । पोखरामा प्रदुषण न्युनीकरण गर्ने शव दाह गृह निर्माण एवं विश्व सम्पदा सुचीमा रहेको लुम्बिनीमा पिउने पानीको व्यवस्था तथा अन्य स्थानमा सार्वजनिक शौचालय निर्माणमा पनि बैंकले सहयोग गर्दै आईरहेको छ ।

बैंकले ९४ शाखा, २८ राजस्व संकलन काउन्टर र १ सय १६ एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL