Logo

नेपाल सरकार र विश्व बैंकले नविकरणीय उर्जामा लगानी गर्दै, ४ बर्षमा १७ मिलियन डलर खर्च गर्ने

नेपाल सरकार र विश्व बैंकले नविकरणीय उर्जामा लगानी गर्दै, ४ बर्षमा १७ मिलियन डलर खर्च गर्ने



काठमाडौं । विश्व बैंकले नेपालको नविकरणीय उर्जामा बढावा दिन साढे ८४ करोड रुपैयाँ लगानी गर्ने भएको छ । सोमबार एक बैठकमा नेपालका तर्फबाट अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका एक्टिङ कन्ट्री म्यानेजर विज्ञान प्रधानले नेपालको नविकरणीय उर्जामा लगानी गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन ।

उक्त सम्झौता अनुसार नेपाल सरकार र विश्व बैंकले नीजी क्षेत्रको सहकार्यमा नेपालका केही क्षेत्रमा नविकरणिय उर्जाको उपयोग बढाउन नयाँ परियोजना स्थापना गर्ने भएका छन ।

आउने ४ बर्षमा ग्रीड उर्जा पहुँच परियोजनामा नीजी क्षेत्रको सहकार्यमा १७ दशमलव २१ मिलियन अमेरिकी डलर लगानी गर्ने गरी सम्झौता भएको छ ।

उक्त परियोजनामा विश्वबैंकले आफ्नो स्ट्र्याटेजिक क्लाईमेट फण्ड अन्तर्गत ५ दशमलव ६१ मिलियन डलर र २ मिलियन डलर सहुलियत ऋण गरी जम्मा ७ दशमलव ६१ मिलियन डलर अर्थात करिव ८४ करोड ५२ लाख नेपाली रुपैयाँ लगानी गर्ने भएको छ ।

यस्तै उक्त परियोजनामा नेपाल सरकारले सहुलियत स्वरुप ६० लाख अमेरिकी डलर लगानी गर्ने भएको छ भने नीजी क्षेत्रको लगानी भने जम्मा ३० लाख ६० हजार डलर लगानी रहने भएको छ ।

उक्त परियोजनाले नेपालको ग्रामिण क्षेत्रका १ लाख २६ हजार जना लाभग्राही तथा ८० भन्दा बढी उद्योगहरुलाई विभिन्न उर्जाका साना परियोजनामार्फत लाभ दिनेछ । परियोजनाले विभिन्न मिनी ग्रीड परियोजनामार्फत ग्रामिण क्षेत्रमा उर्जाको आपुर्ती गर्ने लगायतका कामहरु गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL