Logo

९ महिनामा एभरेष्ट बैंकले कमायो सवा २ अर्ब, प्रतिसेयर आम्दानीमा सुधार

९ महिनामा एभरेष्ट बैंकले कमायो सवा २ अर्ब, प्रतिसेयर आम्दानीमा सुधार



काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब २१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको यो नाफा गत आबको सोही अबधिको तुलनमा १८ दशमलव ३७ प्रतिशतले बढी हुन आउँछ ।

laxmi

सो अबधिसम्म आईपुग्दा बैंकको निक्षेप संकलन साढे १६ प्रतिशतले बढ्दा कर्जा प्रबाह साढे २५ प्रतिशतले बढ्न पुगेको छ । हालसम्म बैंकले कुल १ अर्ब २४ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ८ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

हाल बैंकको ब्याज खर्च उच्च रुपमा वृद्धि हुँदा नाफामा केही प्रभाव परेको छ । सो अबधिमा बैंकको ब्याज आम्दानी ३१ शदमलव ३९ प्रतिशतले बढ्दा ब्याज खर्च भने ४५ दशमलव २० प्रतिशतले बढ्न पुगेको छ ।

बैंकको पूँजीकोष अनुपात खुम्चदै १३ दशमलव ३८ प्रतिशतमा झरेका छ । सो अबधिसम्म आईपुग्दा बैंकले आफ्नो खराब कर्जालाई पनि घटाएर कुल कर्जा प्रबाहको शुन्य दमलव १८ प्रतिशतमा झरेको छ । हाल बैंकको प्रतिसेयर आम्दानीमा वृद्धि हुँदै ३६ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL