Logo

प्रभु बैंकको नयाँ शाखा साँखुमा, अत्याधुनिक बैंकिङ सेवा प्रदान

प्रभु बैंकको नयाँ शाखा साँखुमा, अत्याधुनिक बैंकिङ सेवा प्रदान



काठमाडौं । प्रभु बैंकले काठमाडौंको साँखुमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले आईतबार एक कार्यक्रमको आयोजना गर्दे शंखरापुर नगरपालिकाको साँखुमा उक्त नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो ।

laxmi

उक्त शाखाको शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले उद्घाटन गरेका छन । बैंकको साँखु शाखा कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैितक दलका प्रतिनिधीहरु,उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको बैंकले जानकारी दिएको छ ।

आजदेखि सञ्चालनमा आएको प्रभु बैंकको साँखु शाखा कार्यालयबाट त्यहाँका स्थानीयतहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको अत्याधुनिक बैंकिङ सेवा उपभोग गर्न पाउनेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL