Logo

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, वार्षिकोत्सवको अवसरमा बिभिन्न संस्थालाई आर्थिक सहयोग

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, वार्षिकोत्सवको अवसरमा बिभिन्न संस्थालाई आर्थिक सहयोग



काठमाडौं । सिटिजन्स बैंकले आफ्नो स्थापनाको १३ औं बर्ष प्रवेशको अवसरमा विभिन्न संस्थाहरुलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा बिभिन्न कार्यक्रमहरु गर्दै विभिन्न संस्थाहरुलाई ५ लाख सहयोग गरेको हो ।

सहयोग पाउने संस्थाहरुमा स्नो याक फाउण्डेशनलाई १ लाख रुपैयाँ, बेबी लाईफ होम किर्तिपुरलाई २ लाख रुपैयाँ र मानव सेवा आश्रमलाई ३ लाख रुपैयाँ रहेको छ ।

बैंकले आर्थिक वर्ष २०७५÷७६ को तेस्रो त्रयमास सम्ममा ६८ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरि ६३ अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह गरी सोहि अवधि भित्र १ अर्ब ४९ करोड १४ लाख रुपैयाँ संचालन मुनाफा कमाउन सफल भएको छ । साथै १ अर्व ६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेकोे छ । जुन गत वर्ष सोहि अवधिको तुलनामा क्रमश ४ दशमलब ०२ र ५ दशमलब ९१ प्रतिशतले वृद्धि भएको छ ।

कार्यक्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बैंकमा निरन्तर १० वर्ष सेवा गर्ने कर्मचारीलाई ‘दीर्घ सेवा सम्मान पदक’ समेत प्रदान गरेका छन ।

बैैंकले ८१ शाखा, ७५ एटिएम र ९९ शाखा रहित बैंकिङ इकाई मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिटान्स सेवा, बैंकान्स्योरेन्स, आस्वा, ड्राफ्टलगायतका सेवा समेत उपलब्ध गराउँदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL