Logo

निक्षेप वृद्धिलाई फोकस गर्दै राष्ट्रिय वाणिज्य बैंक, विजनेस मिट सम्पन्न

निक्षेप वृद्धिलाई फोकस गर्दै राष्ट्रिय वाणिज्य बैंक, विजनेस मिट सम्पन्न



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो विजनेस मिट कार्यक्रम सम्पन्न गरेको छ । बैंकले बिहीबार एक कार्यक्रममा निक्षेप बृद्धिमा फोकस गर्नका लागि रणनीति तय गर्न निक्षेपको दृष्टिकोणले बढि निक्षेप सङ्कलन भएका देशभरका ४६ वटा शाखा कार्यालयका शाखा प्रवन्धकहरु सम्मिलित उक्त मिट सम्पन्न गरेको हो ।

laxmi

कार्यक्रममा प्रतिस्पर्धी बैंकिङ बजारमा बैंकको निक्षेप बृद्धि, आधुनिक इलेक्ट्रोनिक बैंकिङ उपकरण, गैर कोषमा आधारित व्यवसाय बृद्धिका लागि व्यापक रुपमा छलफल भई रणनीति तय गरिएको बैंकले जानकारी दिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्दै बजारमा राष्ट्रिय वाणिज्य बैंकको व्यवसाय, नेटवर्थ, कार्यसंजाल ठूलो भएको हुंदा निक्षेप बृद्धिका विविध रणनीति अपनाउंदै व्यवसाय बृद्धि गर्न शाखा प्रवन्धकहरुलाई निर्देशन दिएका छन ।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृतहरु केशसबप्रसाद लम्साल, टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी, विभागीय प्रमुखहरु, प्रदेश प्रमुखहरु लगायतको उपस्थिती रहेको थियो ।

बैंकको हाल ७७ जिल्लामा २ सय १८ वटा शाखा कार्यालय, १ सय ६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ सेवा संचालन गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL