Logo

मुक्तिनाथ विकास वैंकको मेरो पहिलो बचत खाता सञ्चालनमा, खाता खोल्दा १ सयको रिचार्ज फ्रि

मुक्तिनाथ विकास वैंकको मेरो पहिलो बचत खाता सञ्चालनमा, खाता खोल्दा १ सयको रिचार्ज फ्रि



काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मेरो पहिलो बचत खाता’ योजना संचालनमा ल्याएको छ ।
समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैंक खाता अन्तरगत बैंकले सो योजना संचालनमा ल्याएको हो ।

बैशाख १ गते देखि लागु हुने उक्त बचत खातामा बैंकले १ सय रुपैयाँ नगद खातामा जम्मा गरिदिने र ग्राहकहरुको नमस्ते वा एनसेलको मोवाइल नम्बरमा १ सय रुपैयाँ बराबरको रिचार्ज गरिदिने भएको छ ।

यस खातामा दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याजदरका साथै निशुल्क आश्वा सेवा, निशुल्क अन्तर शाखा कारोबार, मोबाइल बैकिङ सुविधा लगायतका सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले १ सय १४ शाखा र २२ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL