Logo

सिटिजन्स बैंक र युनाइटेड इन्स्योरेन्स बीच सम्झौता, बैंकमार्फत बीमा सेवा

सिटिजन्स बैंक र युनाइटेड इन्स्योरेन्स बीच सम्झौता, बैंकमार्फत बीमा सेवा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र युनाइटेड इन्स्योरेन्सबीच बीमा सेवा सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

बिहीबार एक कार्यक्रमकाबीच सिटिजन्स बैंकका ग्राहकहलाई बैंकका शाखाहरुबाटै बीमा सेवा उपलब्ध गराउने उद्देष्यले उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता पश्चात बैंकका ग्राहकले बैंकको कुनैपनि शाखाबाट युनाइटेड इन्स्योरेन्स कम्पनीको निर्र्जीवन बीमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बीमा लेख लिन, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सम्बन्धी सेवाहरु लिन सक्नेछन् ।

यसबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै छिटो, छरितो र सहज रुपमा बीमा सम्बन्धी सेवाहरु प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL