Logo

प्रभु बैंकको ‘प्रभु चेतना बचत खाता’ संचालनमा, १ बर्षसम्म निशुल्क भिसा कार्ड उपलब्ध

प्रभु बैंकको ‘प्रभु चेतना बचत खाता’ संचालनमा, १ बर्षसम्म निशुल्क भिसा कार्ड उपलब्ध



काठमाडौं । प्रभु बैंकले प्रभु चेतना बचत खाता संचालनमा ल्याएको छ । बैंकले सबै नेपालीहरुलाई बैंकिङ प्रणालीभित्र अटाउने उद्देश्यका साथ ‘खोलौं बैंक खाता अभियान, २०७६’ अभियान अन्तर्गतको उक्त खाता संचालनमा ल्याएको हो ।

बैंकले उक्त खाता अन्तर्गत खोलिएका खातामा आफ्नो तर्पmबाट १ सय रुपैयाँ जम्मा गरिदिने व्यवस्था रहेको जानकारी दिएको छ ।

उक्त खातामा जम्मा हुने रकममा वार्षिक ५ प्रतिशतका दरले ब्याज प्राप्त हुनेछ । “प्रभु चेतना बचत खाता” अन्तर्गत खोलिने हरेक खातामा १ वर्षको लागि निशुल्क भिसा कार्ड तथा एसएमएस सेवा शुल्कमा ५० प्रतिशत छुट सुविधाको व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL