Logo

सप्तरीको राजविराजमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर, आजैदेखि संचालनमा

सप्तरीको राजविराजमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर, आजैदेखि संचालनमा



काठमाडौं । प्रभु बैंकले सप्तरी जिल्लाको सदरमुकाम राजविराज स्थित मापलपोत कार्यालय परिसरमा आफ्नो एक्स्टेन्सन काउण्टर संचालनमा ल्याएको छ । बैंकले बुधबार एक कार्यक्रमको आयोजना गर्दै उक्त काउन्टर संचालनमा ल्याएको हो ।

राजविराज नगरपालिकाका नगरप्रमुख शम्भुप्रसाद यादवले एक समारोहका विच बैंकको एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका छन ।

सञ्चालनमा आएको उक्त एक्स्टेन्सन काउण्टरले आजैदेखि मालपोत कार्यालयको कामको सिलसिलामा मालपोत कार्यालय राजविराजमा आउने सेवाग्राहीहरुलाई बैंकिङ सेवा उपलब्ध गराउन थालेको छ ।

बैंकको एक्स्टेन्सन काउण्टरले सेवाग्राहीहरुले मालपोत कार्यालयलाई बुझाउने राजश्व रकम संकलन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL