Logo

८ महिनामै भित्रियो साढे ९ खर्बको सामान, निर्यात ६१ अर्बमा सिमित

८ महिनामै भित्रियो साढे ९ खर्बको सामान, निर्यात ६१ अर्बमा सिमित



काठमाडौं । चालु आर्थिक बर्ष २०७५–७६ को पछिल्लो आठ महिनामा साढे ९ खर्बको सामान आयात भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको पछिल्लो तथ्याङ्क अनुसार अघिल्लो आवको सोही अवधिको तुलनामा आयातमा २३ दशमलव ८ प्रतिशतले वृद्धि भएको हो । तथ्याङ्क अनुसार ८ महिनामा ९ खर्ब ४९ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको हो ।
पछिल्लो ८ महिनामा अघिल्लो आवको सोही अवधिको तुलनामा भारतबाट हुने आयातमा मात्रै २२ प्रतिशतले वृद्धि भएको छ । यस्तै चीनबाट हुने आयातमा भने ३७ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ ।

laxmi

खासगरी पछिल्लो ८ महिनामा पेट्रोलियम पदार्थ, तयारी पोशाक, एमएस विलेट, हवाईजहाजका सामग्री, संचार प्रविधिका उपकरण लगायतका वस्तुको आयातमा वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

नेपालमा आयातित वस्तुको हिस्सा बढिरहँदा ८ महिनामा निर्यात भने ६१ अर्बमा सिमित भएको छ । पछिल्लो ८ महिनामा नेपालबाट हुने निर्यातित बस्तुमा १४ प्रतिशतको सुधार आउँदै ६१ अर्ब २२ करोड रुपैयाँ पुगेको हो ।

नेपालबाट पोलिस्टर यार्न, जस्तापाता, जुटका सामान लगायतका सामानको निर्यातमा वृद्धि भएको छ । चालु आवको सो अवधिमा भारतमा हुने निर्यातमा २२ प्रतिशतले वृद्धि हुँदा चीनतर्फको निर्यातमा भने २७ प्रतिशतले गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL