Logo

मुक्तिनाथ बैंकको नयाँ बर्ष योजना, ३ नयाँ अफर सार्वजनिक

मुक्तिनाथ बैंकको नयाँ बर्ष योजना, ३ नयाँ अफर सार्वजनिक



काठमाडौं । मुक्तिनाथ विकास बैंकले नयाँ बर्षको अवसरमा ३ नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले बैशाख १ गतेदेखि लागु हुनेगरी आपm्ना ग्राहकका लागि ३ नयाँ आकर्षक योजना ल्याएको हो ।

बैंकले भिसा डेविट कार्ड र मोवाईल बैंकिङ सेवामा सुविधा थप गरेको छ । भिसा डेविट कार्ड अन्तर्गत बैंकले आफ्नो शाखावाट तत्काल कार्ड सेवा सुविधा सुरु गरेको छ ।

बैंकको उक्त सुविधा अन्तर्गत ग्राहकले भिसो डेविट कार्डको निवेदन फाराम बुझाएको दिनमै ग्राहकहरुले तुरुन्त भिसा डेविट कार्ड लिन पाउने छन् ।

त्यसैगरी मुक्तिनाथ भिसा डेविट कार्ड बाहक ग्राहकहरुले नेपालको जुनसुकै बैंकका एटिएमबाट विना कुनै अतिरीक्त शुल्कमा रकम झिक्न मिल्ने सुविधा पनि बैंकले थप गरेको छ ।

साथै मुक्तिनाथ स्मार्ट बैंकिङ एप बाट नेपाल टेलिकमको नम्बरमा रिचार्ज गर्दा १० प्रतिशत तथा एनसेलमा रिचार्ज गर्दा ५ प्रतिशत सम्मको टपअप बोनस सुविधा सञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL