Logo

कामना सेवा विकास बैंकको खोलौ बैंक खाता अभियान संचालनमा, ७ लाखको निशुल्क दुर्घटना बीमा

कामना सेवा विकास बैंकको खोलौ बैंक खाता अभियान संचालनमा, ७ लाखको निशुल्क दुर्घटना बीमा



कामना सेवा विकास बैंकले ‘खोलौं बैंक खाता अभियान’ बचत योजना संचालनमा ल्याएको छ ।

‘प्रगतिको आधार कामना सेवासँग कारोवार’ भन्ने मुल नाराका साथ सेवा प्रदान गर्दै आईरहेको बैंकले खोलौं बैंक खाता अभियान २०७६ संचालनमा ल्याएको हो ।

उक्त अभियान मार्फत सवै नेपालीमाझ बित्तीय पहुच पुर्याउने उद्देश्यले ‘खोलौ बैंक खाता अभियान ९के बि के अभियान०’ बचत खाता सार्वजनिक गरेको हो ।

वैशाख १ गते देखी लागु हुने उक्त बचत खाता खोल्ने हरेक ग्राहकलाई बैंकले १ सय रुपैयाँ खातामा जम्मा गरिदिनेछ । साथै बैंकले आफ्नै खर्चमा ७ लाख सम्मको दुर्घटना बीमा समेत गरीदिने बैंकले जानकारी दिएको छ ।

बैंकले ८१ शाखा तथा ३७ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै एबीबीएस, ईन्टरनेट तथा मोबाईल बैंकिङ, सिआश्वा लगायतका माध्यमबाट समेत सेवा दिईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL