Logo

सिटिजन्स बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका शाखा मार्फत बीमा सेवा

सिटिजन्स बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका शाखा मार्फत बीमा सेवा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सम्झौता भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

सम्झौता पछि बैंकका ग्राहकले बैंकको सम्पूर्ण शाखा मार्फत कम्पनीको जीवन बीमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बीमा लेख लिन, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सम्बन्धी सेवाहरु लिन सक्नेछन् ।

बैंकले ८१ शाखा, ७५ एटिएम र ९९ शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

साथै बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिटान्स सेवा, बैंकान्स्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा लगायतका सुविधा समेत उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL