Logo

प्रभु बैंकको ५ शाखा रहित बैंकिङ सेवा विस्तार, पुग्यो मुस्ताङ र म्याग्दी

प्रभु बैंकको ५ शाखा रहित बैंकिङ सेवा विस्तार, पुग्यो मुस्ताङ र म्याग्दी



काठमाडौं । प्रभु बैंक लिमिटेडले मुस्ताङ र म्याग्दीका विभिन्न स्थानमा ५ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले मुस्ताङको घरपझोङ गाउँपालिका २ स्थित मार्फा, बाह्रगाउँ मुक्तिक्षेत्र कागबेनी, थासाङ गाउँपालिका १ टुकुचे तथा लेते र म्याग्दीको अन्नपुर्ण गाउँपालिका ३ दानामा शाखा संचालनमा ल्याएको हो ।

बैंकले सञ्चालनमा ल्याएको थप ५ वटा शाखा रहित बैंकिङ सेवाबाट मुस्ताङ र म्याग्दीका स्थानीय वासिन्दाहरुलाई खाता खोल्ने तथा आफ्नो खाताबाट तोकिएको सीमासम्मको कारोबार गर्ने लगायतको बैंकिङ सेवा उपलब्ध हुनेछ ।

बैंकले सञ्चालनमा ल्याएको बिस्तारित बैंकिङ सेवाबाट सम्बन्धित क्षेत्रका सर्वसाधारणहरु बैंकिङ पहुँचभित्रआई आर्थिक विकासमा टेवा पुग्ने बैंकले विस्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL