Logo

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, बाल विकास समाजलाई आर्थिक सहयोग

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, बाल विकास समाजलाई आर्थिक सहयोग



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बाल विकास समाजलाई आर्थिक सहयोग गरेको छ ।

बैंकले करिव २६ वर्ष देखि बाल अधिकारबाट वन्चित भएका नेपाली बालबालिकाहरुको चौतर्फी विकाश गर्ने उदेश्यका साथ स्थापित बाल विकास समाजलाई १ लाख ५० हजार रुपैयाँको आर्थिक सहयोग उपलब्ध गराएको हो ।

बैंकले आफ्नै कार्यालयमा एक कार्यक्रम गरी समाजलाई उक्त रकम बारबरको चेक हस्तान्तरण गरेको हो । समाजले उक्त रकमबाट १५ जना गरीब तथा जेहन्दार बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने बताएको छ ।

हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ ।

सोही अनुसार बैंकको आगामी बैशाख ७ गते हुने १२ औं वार्षिकउत्सबको अवसरमा आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ । बैंकले ८१ शाखा, ७५ एटिएम र ९९ शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिटान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा लगायतका सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL