Logo

सिभिल बैंकको शाखा अब जाजरकोटको शिवालयमा, शाखा संख्या ७४ पुग्यो

सिभिल बैंकको शाखा अब जाजरकोटको शिवालयमा, शाखा संख्या ७४ पुग्यो



काठमाडौं । सिभिल बैंक लिमिटेडले जाजरकोटको शिवालयमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको सो शाखाको कर्णाली प्रदेश सभा सदस्य करबीर शाहीले उद्घाटन गरेका छन ।

उद्घाटनमा बोल्दै शाहीले भने अहिलेपनि नेपालको कूल ४० प्रतिशत जनताले मात्रै बैकिंङ कारोबार गर्ने गरेको बताएका छन । उनले भने, ‘४० प्रतिशत भित्रको ४२ प्रतिशतले मात्रै ऋण सुविधाको उपभोग गर्ने गरेको छ ।’

ग्रामीण भेगमा बैंकको शाखा बिस्तार हुँदा बित्तीय साक्षरताको अभिबृद्धी हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा आर्थिक सम्बृद्धी आउने शाहीले बताए ।

बैंकका प्रमुख माईक्रो बैकिंग यूवराज गुरागाईंले ग्रामीण भेगको आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताएका छन । बैंकले आफ्ना ग्राहक तथा अन्य सम्पूर्ण सरोकारवालाहरुलाई मध्य नजर गर्दै बचत परिचालनका योजनाहरु ल्याउने भएको छ ।

बैंकले स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिँदै आफ्ना सेवा सुविधामा विस्तार गर्न लागेको गुरागाईंले जानकारी दिएका छन । बैंकको विस्तारित शाखासँगै ७४ शाखा पुगेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL