Logo

हावाहुरी पिडितका लागि सिटिजन्स बैंकको राहतकोष स्थापना, बैंकद्धारा १० लाख दिने घोषणा

हावाहुरी पिडितका लागि सिटिजन्स बैंकको राहतकोष स्थापना, बैंकद्धारा १० लाख दिने घोषणा



काठमाडौं । सिटिजन्स बैंकले बारा र पर्साका हावाहुरी पिडितका लागि राहतकोषको स्थापना गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आईतबार साँझ आएको विनाशकारी हावाहुरीबाट पीडित व्यक्ति तथा प्रभावित परिवारलाई सहयोग गर्ने उद्देष्यले ‘सिटिजन्स बारापर्सा हुरी पिडित राहतकोष २०७५’ को स्थापना गरेको हो ।

laxmi

आइतबार राति बारा, पर्सा लगायत तराईका विभिन्न स्थानमा आएको भीषण हावाहुरीबाट प्रभावितका लागि राहत स्वरुप उक्त राहतकोषमा बैंकले १० लाख रुपैयाँ सहयोग समेत जम्मा गर्ने निर्णय गरेको छ ।

उक्त राहतकोषमार्फत हावाहुरी पिडितलाई सहयोग गर्न चाहाने ईच्छुकले आफुलाई पायक पर्नेे सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको जुनसुकै शाखा कार्यालयबाट आर्थिक सहयोग गर्न सक्ने बैंकले जानकारी दिएको छ । बैंकले उक्त राहतकोषको नाममा खाता नं ००१०१००००३१६७२०१ मा रकम जम्मा गर्न अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL