Logo

नेपालको विकासमा हामी सँधै सहयोगीको रुपमा रहनेछौंः बिश्व बैंक

नेपालको विकासमा हामी सँधै सहयोगीको रुपमा रहनेछौंः बिश्व बैंक



काठमाडौं । नेपालको हरेक क्षेत्रको विकासमा बिश्वबैंक सँधै सँगै रहने भएको छ । काठमाडौंमा आयोजित लगानीसम्मेलनमा बोल्दै बिश्व बैंक दक्षिण एशिया क्षेत्रका उपप्रमुख हार्टि्वग साफरले नेपालमा लगानीको उत्कृष्टवातावरण भएको सोही अनुसारको विकासमा बिश्व बैंकको साथ रहने बताएका छन ।

laxmi

उनले भुपरिवेष्ठित राष्ट्र नेपाल विभिन्न क्षेत्रमा लगानीका लागि उर्बर समय र भुमी रहेको बताएका हुन ।

उनले सन २०१५ को भुकम्प र २०१७ को बाढीबाट अर्थतन्त्र खस्किएपनि सोही अनुसार अर्थतन्त्रमा सँगसँगै माथी उठ्दै गएको नेपालमा लगानीका लागि लगानीकर्तालाई आग्रह गरेका छन ।

उनले सम्मेलनमा बोल्दै सरकारले मात्रै नेपाललाई चाहिएको सबै विकास पुरा गर्न नसक्ने भन्दै विकासमा सरकारसँग सहकार्यका लागि विश्वबैंक तयार रहेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL