Logo

शाखा विस्तारमा एग्रेशिभ हुँदै मुक्तिनाथ बैंक, एकैदिन २ नयाँ शाखा विस्तार

शाखा विस्तारमा एग्रेशिभ हुँदै मुक्तिनाथ बैंक, एकैदिन २ नयाँ शाखा विस्तार



काठमाडौं । मुक्तिनाथ विकास बैंकले एकैदिन २ नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै कञ्चनपुर जिल्लाको महेन्द्रनगर तथा सुर्खेत जिल्लाको विरेन्द्रनगरमा आफ्ना २ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो ।

महेन्द्रनगर शाखाको उद्घाटजन भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टले गरेका थिए यस्तै वीरेन्द्रनगर शाखाको उद्घाटन भने वीरेन्द्रनगर नगरपालिकाका उप–मेयर मोहनमाया ढकाल (भण्डारी ) ले गरेकी हुन ।

शाखा कार्यालयहरुको उद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द बहादुर राउत, स्थानीय जनप्रतिनिधीहरु, व्यापारी, कर्मचारी, समाजसेवी तथा भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो ।

मुक्तिनाथ विकास बैंक देशैभरी १ सय १४ वटा शाखा, २२ वटा एटिएम र करिब छ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL