Logo

मुक्तिनाथ विकास बैंकले संचालनमा ल्यायो एकैदिन २ नयाँ शाखा, शाखा संख्या ११४ पुग्यो

मुक्तिनाथ विकास बैंकले संचालनमा ल्यायो एकैदिन २ नयाँ शाखा, शाखा संख्या ११४ पुग्यो



काठमाडौं । मुक्तिनाथ विकास बैंकले एकैदिन २ नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । बैंकले सोमबार छुट्टाछुट्टै कार्यक्रमको आयोजना गर्दै दाङ जिल्लाको घोराही र वर्दिया जिल्लाको गुलरीयामा उक्त नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको हो ।

घोराही शाखाको समुद्घाटन घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरीले गरेका हुन भने गुलरीया शाखाको समुद्घाटन गुलरीया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गरेका हुन ।

मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना १ सय १४ वटा शाखा, २२ वटा एटिएम. र करिब ६ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL