Logo

शाखा विस्तारमा एग्रेशिभ हुँदै प्रभु बैंक, एकैदिन २ नयाँ शाखा संचालनमा

शाखा विस्तारमा एग्रेशिभ हुँदै प्रभु बैंक, एकैदिन २ नयाँ शाखा संचालनमा



काठमाडौं । प्रभु बैंकले एकैदिन दुई नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ ।
बैंकले आईतबार छुट्टाछुट्टै कार्यक्रमहरुको आयोजना गर्दै संखुवासभाको खाँदबारी र उदयपुरको त्रियुगा नपामा नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको हो ।
ल्याएको हो ।

laxmi

संखुवासभा जिल्लाको खाँदवारी नगरपालिका स्थित खाँदवारी शाखा कार्यालयको खाँदवारी नपाका मेयर मुरारी प्रसाद खतिवडा ले र उदयपुर जिल्लाको त्रियुगा नगरपालिका स्थित गाईघाट शाखाको प्रदेश सभासद हिमाल कार्कीले उद्घाटन गरेका हुन ।

आजदेखि सञ्चालनमा आएका बैंकका गाईघाट शाखा र खाँदवारी शाखाबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका व्यवसायिक एवं व्यापारिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुन बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL