Logo

एनआईसी एशियाको शाखा रुपन्देहीको बेलबासमा, शाखा संख्या २८१ पुग्यो

एनआईसी एशियाको शाखा रुपन्देहीको बेलबासमा, शाखा संख्या २८१ पुग्यो



काठमाडौं । एनआईसी एशिया बैंकले रुपन्देहीको बेलबासमा शाखा विस्तार गरेको छ ।

बैंकले विस्तार गरेको उक्त शाखाको बैंकका प्रमुख मानव संसाधन तथा विकास अधिकृत कपिल ढकालले उद्घाटन गरेका छन ।

दुर्गम तथा ग्रामीण भेगमा समेत बैंकले आफ्नो उपस्थिति बढाउँदै लगेको प्रमुख ढकालले जानकारी दिएका छन । साथै बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तीय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा समेत महत्वपुर्ण योगदान पुर्याएको ढकालले जानकारी दिए ।

बैंकले २ सय ८१ शाखा, २ सय ८९ एटिएम, ३८ एक्सटेन्सन काउण्टर तथा २३ शाखा रहित बैंकिङ ईकाई मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL