Logo

जंगल क्रिकेट कर्पोरेट टुर्नामेन्टमा एनआईसी एशिया विजयी

जंगल क्रिकेट कर्पोरेट टुर्नामेन्टमा एनआईसी एशिया विजयी



काठमाडौं । एनआईसी एशिया बैंकले जंगल क्रिकेट कर्पोरेट टुर्नामेन्ट उपाधी हात पारेको छ ।

बैंकले फागुन ३० गते देखी चैत २ गते सम्म चितवनको सौरहामा भएको जंगल क्रिकेट कर्पोरेट टुर्नामेन्टको उपाधी हात पारेको हो । पालोमा इन्टरनेसनल इभेन्ट्स एण्ड स्पोर्टस म्यानेज्मेण्ट प्रालिको आयोजनामा भएको उक्त टुर्नामेन्टमा विभिन्न क्षेत्रका कर्पोरेट टिमहरुको सहभागिता रहेको थियो ।

बैंकले यस अघि केकेएक्सआई कर्पोरेट कप इनडोर क्रिकेट २०१८ मा प्रथम, सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्स क्रिकेट २०१८ मा दोस्रो, दि बैंकर्स कप २०१८ मा दोस्रो तथा एनआईसी एशिया बैंक कर्पोरेट इनडोर कप २०१७ मा दोस्रो स्थान हात पारेको थियो ।

बैंकले २ सय ८१ शाखा, २ सय ८९ एटिएम, ३८ एक्सटेन्सन काउण्टर तथा २३ शाखा रहित बैंकिङ ईकाई मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL