Logo

महालक्ष्मी लाईफ र मुक्तिनाथ विकास बैंकबीच बीमा सम्बन्धी सम्झौता

महालक्ष्मी लाईफ र मुक्तिनाथ विकास बैंकबीच बीमा सम्बन्धी सम्झौता



काठमाडौं । महालक्ष्मी लाईफ ईन्सुरेन्स र मुक्तिनाथ बिकास बैंकबीच एक सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमका बीच बैंकमार्फत बीमा सेवा दिने सम्बन्धी उक्त सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार मुक्तिनाथ बिकास बैंकले आफ्ना देशभर रहेका आफ्ना १ सय २० शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल सावधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको छ ।

कम्पनीले काठमाण्डौं, पोखरा, बीरगंज, इटहरी, लहान, नारायणघाट, बुटवल, कोहलपुर र सुर्खेतबाट कारोबार प्रारम्भ गरिसकेको छ र यहि चैत्र महिना भित्र काठमाडौ उपत्यकाका १० स्थानबाट कारोबार संचालनको तैयारी गरिरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामेश कुमार भट्टराईले जानकारी दिए ।

सम्झौतामा मुक्तिनाथ बिकास बैंकका कावा प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरूङ र महालक्ष्मी लाईफ इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले हस्ताक्षर गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL