Logo

सेञ्चुरी बैंकका लगानीकर्तालाई साढे ६ प्रतिशत लाभांश, यस्तो छ नगद र बोनस सेयरको अनुपात

सेञ्चुरी बैंकका लगानीकर्तालाई साढे ६ प्रतिशत लाभांश, यस्तो छ नगद र बोनस सेयरको अनुपात



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना लगानीकर्तालाई बोनस सेयर र नगद गरी साढे ६ प्रतिशत लाभांश दिने भएको छ ।

laxmi

बैंक संचालक समितिको मंगलबार बसेको बैंठकले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

जस अनुसार बैंकले हाल कायम भएको चुक्ता पूँजीको २ प्रतिशत बोनस सेयर र साढे ४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

बैंकको हकप्रद लिलाम बिक्री पछि चुक्ता पूँजी ८ अर्ब २५ करोड ४ लाख ६२ हजार रुपैयाँ पुगेको छ । उक्त बोनस वितरणका लागि स्वीकृति लिन बैंकले नियामक निकाय राष्ट्र बैंक समक्ष प्रस्ताव पेश गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL