Logo

महालक्ष्मी विकास बैंकको शाखा चाबहिलमा, सेवाग्राहीलाई सहज र सुलभ सेवा

महालक्ष्मी विकास बैंकको शाखा चाबहिलमा, सेवाग्राहीलाई सहज र सुलभ सेवा



काठमाडौं । महालक्ष्मी विकास बैंकले चाबहिलमा नयाँ शाखा संचालनमा ल्याएको छ ।


नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेलले उक्त शाखाको उद्घाटन गरेका हुन् । सो अवसरमा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय, सञ्चालक राजेशकुमार रौनियार तथा रुपेन्द्र पौडेल कार्यालयका प्रमुखहरु, व्यवसायीहरुको उपस्थिती रहेको थियो ।


शाखा उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको बताए ।

साथै आगामी दिनमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पुर्याउने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL