Logo

एनआईसी एशियाको नयाँ शाखा सिरहाको नरहामा,शाखा संख्या २८१ पुग्यो

एनआईसी एशियाको नयाँ शाखा सिरहाको नरहामा,शाखा संख्या २८१ पुग्यो



काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा कार्यलय संचालनमा ल्याएको छ । बैंकले आईतबार एक कार्यक्रमको आयोजना गर्दैै सिरहास्थित नरहा गाउँपालिका वडा नं ५ मा उक्त नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो ।

laxmi

सिरहा स्थित नरहा शाखाको नरहा गाउँपालिकाका अध्यक्ष रामशरण यादवले उद्घाटन गरेका हुन ।
उक्त शाखाको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गरेका थिए ।

बैंकले हाल २ सय ८१ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL