Logo

सेञ्चुरी कमर्सियल बैंकको नयां शाखा अछामको चौरपाटीमा, शाखा संख्या १११ पुग्यो

सेञ्चुरी कमर्सियल बैंकको नयां शाखा अछामको चौरपाटीमा, शाखा संख्या १११ पुग्यो



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो शाखा अछाम जिल्लाको चौरपाटीमा विस्तार गरेको छ ।

laxmi

बैंकले आईतबार अछामको उक्त स्थानमा एक कार्यक्रमको आयोजना गर्दै उक्त नयाँ शाखा संचालनमा ल्याएको हो ।

उक्त शाखा कार्यालयको सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरा तथा बैंकका संचालक समितिका अध्यक्ष राजेश कुमार श्रेष्ठले उद्घाटन गरेका हुन ।
उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, स्थानिय जनप्रतीनिधिहरु तथा स्थानिय व्यवसायीहरुको उपस्थिती थियो । यससँगै बैंकका शाखा कार्यालयहरुको संख्या १ सय ११ पुगेको छ ।

शाखा कार्यालयहरुको उद्धघाटन पश्चात् बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ गरी जम्मा १ सय ३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL