Logo

ग्लोबल आईएमई बैंकले किन्यो हाथवे फाइनान्स, डिडिएपछि मात्रै स्वाप रेसियो

ग्लोबल आईएमई बैंकले किन्यो हाथवे फाइनान्स, डिडिएपछि मात्रै स्वाप रेसियो



काठमाडौं । ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्सलाई एक्वीजिसन (प्राप्ती) गर्ने भएको छ ।

laxmi

हाथवे फाइनान्सलाई खरिद गर्ने विषयमा बिहीबार सम्झौता भएको हो । उक्त सम्झौतामा बैंकका तर्फबाट मर्जर कमिटिमा संयोजक सुदर्शन कृष्ण श्रेष्ठ र फाइनान्सका तर्फबाट नवराज नेपालले हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै बैंकले फाइनान्सलाई प्राप्ती प्रक्रियालाई चाडै नै टुङ्गो लगाउने सहमति गरेका छन । तर सेयर स्वाप रेसियो भने दुबै संस्थाको डिडिए रिपोर्ट पछि मात्र टुङ्गो लगाईने भएको छ ।

हाल ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ रहेको छ भने फाइनान्सको ३० करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL