Logo

मुक्तिनाथको नाफा ६८ प्रतिशत बढ्यो, व्याज आम्दानीमा बृद्धि

मुक्तिनाथको नाफा ६८ प्रतिशत बढ्यो, व्याज आम्दानीमा बृद्धि


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संवाददाता

७ बैंशाख, काठमाडौं । मुक्तिनाथ विकास बैंकले गत वर्षको तुलनामा ६८ प्रतिशत नाफा बृद्धि गरेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकले १६ करोड ४ लाख रुपैयाँ नाफा कमाएको छ ।

व्याज आम्दानीमा भएको सुधार र गैर सञ्चालन आय समेत बढेपछि नाफामा सहयोग पुगेको हो । गत वर्षदेखि नै बैंकको निष्कृय कर्जाको दर १ प्रतिशतभन्दा कम नै छ ।

बैंकले यस अबधिमा करीब ६ अर्ब ४८ करोड रुपैया निक्षेप संकलन गरी करीब ५ अर्ब ८१ करोड कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL