Logo

एनआईसी एशियाको नयाँ शाखा सिरहाको गोलबजारमा, शाखा संख्या २७८ पुग्यो

एनआईसी एशियाको नयाँ शाखा सिरहाको गोलबजारमा, शाखा संख्या २७८ पुग्यो



काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ ।
बैंकले बिहीबार सिरहाको गोलबजारमा उक्त नयाँ शाखा संचालनमा ल्याएको हो ।
गोलबजार नगरपालिकाका नगर प्रमुख देवनाथ शाहले उक्त नयाँ शाखाको उद्घाटन गरेका हुन ।

बैंकले हाल देशभर २ सय ७७ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL