Logo

शाखा विस्तारमा एग्रेशिभ बन्दै कामना सेवा बैंक, एकैदिन दुई शाखा विस्तार

शाखा विस्तारमा एग्रेशिभ बन्दै कामना सेवा बैंक, एकैदिन दुई शाखा विस्तार



काठमाडौं । कामना सेवा विकास बैंकले एकै दिन दुई शाखा विस्तार गरेको छ । बैंकले सिराहाको लहान नगरपालिका ६ तथा गोलबजार नगरपालिका ४ मा शाखा विस्तार गरेको हो ।

laxmi

बैंकका संचालक भिम प्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको रोहबरमा कारोबार संचालनमा ल्याएको बैंकले जानकारी दिएको छ ।

प्रमुख कार्यकारी अधिकृत बस्नेतले प्रदेश २ मा विस्तारित शाखासँगै शाखा संख्या ५ पुगेको र थप शाखाहरु केही समयमै संचालनमा ल्याउने समेत जानकारी दिएका छन ।

बैंकले ७२ शाखा तथा २७ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ भने एबीबीएस, इन्टरनेट बैंकिङ, मोबाईल बैंकिङ, सिआश्वा लगायतका माध्यमबाट समेत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL