Logo

ग्लोबल आइएमई बैंक र रेडियन्ट लाईफ केयरबीच सम्झौता, बैंकका ग्राहकलाई उपचारमा ५० प्रतिशत छुट

ग्लोबल आइएमई बैंक र रेडियन्ट लाईफ केयरबीच सम्झौता, बैंकका ग्राहकलाई उपचारमा ५० प्रतिशत छुट



काठमाडौं । ग्लोबल आइएमई बैंकले भारतका दुई अस्पतालसँग सम्झौता गरेको छ ।

बैंकले भारतको बिएलके सुपर स्पेसियालिटी हस्पिटल र नानावती सुपर स्पेसियालिटी (रेडियन्ट लाईफ केयर प्रालि द्वारा संचालित) हस्पिटलबीच सम्झौता गरेको हो ।

बैंकले रेडियन्ट लाईफ केयर प्रालिसँग आफ्ना ग्राहकलाई गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले द्धिपक्षीय सम्झौता गरेको हो ।

रेडियन्ट लाईफ केयर प्रालिका व्यवसाय सञ्चालन प्रमुख सुनील कपुर र ग्लोबल आइएमई बैंकका सहायक महाप्रबन्धक आरती राज्यलक्ष्मी राणाले सो सम्झौतामा हस्ताइार गरेका हुन ।

सम्झौता पछि बैंकका डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्ड लिएका ग्राहकले उक्त दुई अस्पतालमा स्वास्थ्य उपचार गराउँदा ५० प्रतिशत सम्म छुट पाउने भएको छ ।

बैंकले १ सय ३४ शाखा, १५ राजश्व संकलन काउण्टर, १ सय ४२ एटिएम, ९ एक्सटेन्सन काउण्टर तथा १ सय २० शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर, मोबाइल, इन्टरनेट बैंकिङ सेवाको साथमा १५ लाख रुपैयाँसम्मको बिना धितो प्रोफेशनल कर्जा समेत प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL