Logo

बीओके र हिमालयनको रिट पुनरावेदनद्वारा खारेज, डेढ अर्ब बैंक ग्यारेण्टी जफत हुँदै

बीओके र हिमालयनको रिट पुनरावेदनद्वारा खारेज, डेढ अर्ब बैंक ग्यारेण्टी जफत हुँदै


रामराजा श्रेष्ठ
0
Shares

७ बैशाख, काठमाडौं । हिमालयन बैंक र बैंक अफ काठमाण्डुले मेलम्चि खानेपानी आयोजनामा जारी गरेको बैंक ग्यारेण्टि जफत हुनसक्ने देखिएको छ । यी दुई बैंकले बैंक ग्यारेण्टि जफत नगर्न पुनरावेदन अदालतमा २०७० कात्तिक २७ मा दायर गरेको रिट निवेदन अदालतको वाणिज्य इजलासले हालै खारेज गरेपछि सरकारलाई रकम खिच्न (जफत गर्न) बाटो खुलेको छ ।

bok-logohimalayan-bank-logo

 

चाइना कन्सट्रक्सन बैंक (सीसीबी)ले जारी गरेको बैंक ग्यारेण्टि धितो राखेर यी दुई बैंकले करीब रू. १ अर्ब ४४ करोडको बैंक ग्यारेण्टि जारी गरेका थिए । हिमालयन बैङ्कले ६६ लाख ६५ हजार अमेरिकी डलर (करीब ६६ करोड ६६ लाख रुपैयाँ) र बैअफ काठमाण्डूले ६२ लाख अमेरिकी डलर (करीब रू. ६२ करोड) तथा १४ लाख युरो (करीब रू. १५ करोड १२ लाख) को बैंक ग्यारेण्टि जारी गरेका थिए । अब यी दुई बैंकको लागि सर्वोच्च अदालतमा अपिल गर्नसक्ने अन्तिम विकल्प बाँकी छ । त्यसो नगरे राष्ट्र बैङ्कले यी दुई बैङ्कको खाताबाट आवश्यक रकम खिच्न सक्छ ।

मेलम्ची आयोजनाको ठेक्का तोडेको चाइना रेल वे र चाइना मेसिनरी कम्पनीको तर्फबाट दुई बैंकले ग्यारेण्टि जारी गरेका थिए । उक्त बैंकले पुनरावेदनको निर्णय विरुद्ध सर्वोच्चमा अपील आजका पत्रपत्रिकामा छापिएको छ । यी दुबै बैंकले सो बैंक ग्यारेण्टि बापतको रकम प्रोभिजनिङ गरिसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL