Logo

एनआईसी एशियाको शाखा सप्तरीको फत्तेपुरमा, शाखा संख्या २ सय ७७ पुग्यो

एनआईसी एशियाको शाखा सप्तरीको फत्तेपुरमा, शाखा संख्या २ सय ७७ पुग्यो



काठमाडौं । एनआईसी एशिया बैंकले सप्तरीको फत्तेपुरमा शाखा विस्तार गरेको छ ।

बैंकले विस्तार गरेको उक्त शाखाको सप्तकोशी नगरपालिकाका नगर प्रमुख उत्तम कुमार शर्माले उद्घाटन गरेका छन ।

बैंकले २ सय ७७ शाखा, २ सय ८९ एटिएम, ३८ एक्सटेन्सन काउण्टर तथा २३ शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकको वासलातको आकार २ अर्ब १५ करोड रुपैयाँ भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १ अर्ब ६८ करोड रुपैयाँ तथा कर्जा १ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL