Logo

नेशनल लाईफ इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच सम्झौता, बैंकबाटै बीमा सेवा

नेशनल लाईफ इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच सम्झौता, बैंकबाटै बीमा सेवा



काठमाडौं । कामना सेवा विकास बैंक र नेशनल लाईफ इन्स्योरेन्स कम्पनी एक सम्झौता भएको छ । आईतबार बैंकमार्फत बीमा सेवा उपलब्ध गराउने उद्देष्यले बैंक र कम्पनीबीच सम्झौता भएको हो ।
उक्त सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका ६८ वटै शाखाहरुबाट सहज रुपमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन । सम्झौतासँगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावान्वित हुने बैंकले जानकारी दिएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL