Logo

सिटिजन्स बैंक र आईआरआईसी बीच सम्झौता, बैंकका कर्मचारीलाई तालिम प्रदान

सिटिजन्स बैंक र आईआरआईसी बीच सम्झौता, बैंकका कर्मचारीलाई तालिम प्रदान



काठमाडौं । सिटिजन्स बैंकले ईन्डिपेन्डेन्ट रिसर्च एण्ड ईन्भेष्टमेन्ट कम्पनी (र्आआरआईसी) सँग सम्झौता गरेको छ ।

आईतबार बैंकले उक्त कम्पनीसँग तालिम संचालन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।

उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिको लागि आईआरआईसीले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ तालिमहरु प्रदान गर्ने छ ।
यसका साथै कम्पनीले आयोजना गर्ने विभिन्न किसिमका सम्मेलन, सेमिनार तथा कार्यशालाहरूमा बैंकको सहभागिता रहनेछ ।

अब आउने निकट भविष्यमा पनिे कर्मचारीहरूको वृति विकाशका निमित्त विभिन्न कार्यक्रमहरू संचालन गर्ने बैंकले जानकारी दिएको छ ।

बैंकले हाल देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए्टिएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहमार्फत आफ्नो सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL