Logo

बाणिज्य बैंकलाई मर्जरमा जान निर्देशन, धेरै बैंक हूँदा अस्वस्थ प्रतिस्पर्धा बढ्यो

बाणिज्य बैंकलाई मर्जरमा जान निर्देशन, धेरै बैंक हूँदा अस्वस्थ प्रतिस्पर्धा बढ्यो



काठमाडौं । हाल बाणिज्य बैंकहरुको संख्या धेरै भएको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले मर्जरमा जान निर्देशन दिएका छन् । ‘अहिले सबैजसो बैंकरहरु मसँगको भेटमा देशमा बैंकको संख्या बढी भयो भन्दै गुनासो गर्नुहुन्छ,’ खतिवडाले भने, ‘तर कोही पनि हामी दुई मिलेर एक हुने भयौं भन्न आउनु भएको छैन ।’

अबका दिनमा बैकहरु पनि एकआपसमा छलफल गरी एक आपसमा मर्जरमा जानेतर्फ सोच्न अर्थमन्त्री खतिवडाको आग्रह थियो । ‘अहिले बैंकहरु धेरै हुँदा अस्वस्थ्य प्रतिस्पर्धा भई बजारमा अल्पकालिन पूँजीमा केन्द्रित हुन थालेका छन्,’ उनले भने, ‘यदि मर्जरमा जाने हो भने संचालन लागत घट्नुका साथै प्रतिस्पर्धी क्षमता बढ्न गई ठूला परियोजनामा लगानी गर्न सक्षम हुनेछ ।’

अबका दिनमा बैंकहरु धेरै भयो भन्नुभन्दा पनि अबका दिनमा मिलेर मर्जरमा जान उनको सुझाव थियो । ‘अहिले पनि बाणिज्य बैंकको संख्या २८ वटा छ,’ उनले भने, ‘तपाईहरु एक आपसमा मर्जरमा गई ८÷१० वटामा झर्नुभयो भने सक्षम र स्वस्थ्य प्रतिस्पर्धा गर्न सहज हुनेछ ।’

केही समयअघि नेपाल राष्ट्र बैंकले मर्जरको नीति अबलम्बन गर्दा विकास बैंक र फाइनान्सको संख्या घटेपनि बाणिज्य बैंकको संख्या नघटेको बताउँदै अबका दिनमा घटाउने बेला आएको उनको तर्क थियो । ‘त्यतिवेला पनि फोर्सफुल्ली मर्जरमा लैजान सुझाव र प्रस्तावहरु नआएका होइनन्,’ उनले भने, ‘त्यसबेला हामीले खुला छोडिदियौं तपाईहरु जान चाहनु भएन अब जाने बेला भएको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL