Logo

संचालमा आयो २० अर्बको पूर्वाधार बैंक, अल्पकालिन पूँजीमा प्रतिस्पर्धा नगर्न अर्थमन्त्रीको निर्देशन

संचालमा आयो २० अर्बको पूर्वाधार बैंक, अल्पकालिन पूँजीमा प्रतिस्पर्धा नगर्न अर्थमन्त्रीको निर्देशन



काठमाडौं । लामो समयदेखि प्रतिक्षामा रहेको ‘नेपाल पूर्वाधार बैंक’ आजदेखि संचालनमा आएको छ । २० अर्ब चुक्ता पूँजी र ४० अर्ब अधिकृत पूँजी रहेको सो बैंकको अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेका हुन् ।

laxmi

उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले उक्त बैंक संचालनमा आएसँगै देशको पूर्वाधार विकासमा कोसेढुङ्गा सावित भएको उनको भनाई थियो । तर, यो बैंक भिन्न प्रकृति र भिन्न उद्देश्यबाट संचालनमा आएका कारण सोही अनुरुप काम गर्न समेत निर्देशन दिएका छन् ।

‘पूर्वाधार बैंकले दिर्घकालिन पूँजी संकलन गरी ठूला पूर्धारका निर्माणका आयोजनामा लगानी गर्नुपर्छ,’ उनले भने, ‘यदि अहिले भइरहेका बैंकले जस्तै अल्पकालिन पूँजीमा अस्वस्थ्य प्रतिस्पर्धा गरेर दिर्धकालिन सोचका साथ अघि नबढ्ने हो भने यसको कुनै औचित्य रहँदैन ।’

कार्यक्रममा उनले हाल देशमा आवश्यकता भन्दा धेरै बैंक वित्तीय संस्था भइरहेको अवस्थामा पूर्वाधार बैंक संचालनमा आउँदा ठूला आयोजनाको कन्सोडियम लिड र अन्य बैंकलाई पनि स्वस्थ्य प्रतिस्पर्धामा ल्याउन मार्ग निर्देश गर्नुपर्ने उनको तर्क थियो । साथै प्रतिस्पर्धा र परिपुरकको भुमिकामा काम गर्ने समेत उनको आग्रह थियो ।

अहिलेको बैंकिङ प्रणाली एलसी खोल्ने, व्यापारमा लगानी गर्ने तथा उद्योगलाई चालू पूँजी दिनमा मात्र सिमिति भएको भन्दै पूर्वाधार बैंकले अबका दिनमा फरक ढङ्गबाट काम गर्नुपर्ने बताए ।
बैंकले अबका दिनमा विदेशी लगानी र गैर आवासीय नेपाली (एनआरएन)को लगानी भित्र्याएर देशमा ठूला पूर्वाधार बनाउनमा केन्द्रित हुनुपर्ने उनको तर्क थियो ।

‘अहिले विभिन्न फोरममा एनआरएनहरुले नेपालमा लगानी गर्ने वातावरण भएन भनिरहेका छन्,’ उनले भने, ‘अबका दिनमा एनआरएनले नबुझ्ने बण्ड वा ऋणपत्र होइन डिपोजिटको कागज दिएर एनआरएनको लगानी भित्र्याउन पहल गर्नुस जसले गर्दा उनीहरुपनि ढुक्क हुनेछन् ।’

कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष अनुज अग्रवालले यस बैंक संचालनमा आएसँगै देशमा ठूला पूर्वाधार विकास गर्न सहयोग पुग्ने बताए । ‘यो सर्वसाधारणको ८० प्रतिशत लगानी रहेको बैंक हो,’ उनले भने, ‘अबका दिनमा यसले पूर्वाधार विकासमा अग्रणी भुमिका निर्वाह गर्नुका साथै सामाजिक कार्यमा समेत सोही अनुरुप काम गर्नेछ ।’ साथै अबका दिनमा सरकारसँग माग्ने वा केही गरिदिएन भनेर गालीगर्ने होइन सरकारको सहयोगी भूमिका निर्वाह गर्नका लागि बैंक संचालनमा ल्याइएको हो ।

यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले बैंकले लगानी भित्र्याउन तथा लगानी गर्नका लागि विशेष क्षेत्र समेत छनौट गरेर अघि बढेको जानकारी दिए । ‘हामीले ऊर्जा, पर्यटन, यातायातलगायतका ठूला पूर्वाधारमा लगानी गर्न विशेष प्याकेज बनाएका छौं,’ उनले भने, ‘सोही अनुरुप आगामी दिनमा विदेशी पूँजी समेत भित्र्याएर देशको पूर्वाधार विकासमा लागनी गरिनेछ ।’

प्रतिक्रिया दिनुहोस्
MBL