Logo

सनराइज बैंकको नगद फिर्ता योजना, कार्डमार्फत कारोबार गरे १ हजारसम्म फिर्ता हुने

सनराइज बैंकको नगद फिर्ता योजना, कार्डमार्फत कारोबार गरे १ हजारसम्म फिर्ता हुने



काठमाडौं । सनराईज बैंकले आफ्नो डेबिट तथा क्रेडिट कार्डको कारोबारमा क्यासब्याको योजना ल्याएको छ । बैंकले भिसाको सहकार्यमा आफ्नो कार्डमार्फतको कारोबारमा ५ सय रुपैयाँ देखि १ हजार रुपैयाँसम्मको क्यासब्याक योजना संचालनमा ल्याएको हो ।

उक्त योजना अन्तर्गत बैंकको कुनै पनि ग्राहकले डेविट तथा क्रेडिट कार्ड प्रयोग गरि पीओएस वा अनलाईन मार्फत कारोबार गरेमा १ हजार रुपैयाँसम्म नगद बैंकले उक्त ग्राहकको खातामा जम्मा गरिदिनेछ ।

उक्त कार्डहरुमार्फत ५ हजार रुपैयाँ देखि १० हजार रुपैयाँसम्म कारोबार भएमा ५ सय रुपैयाँ क्यासब्याक, १० हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्मको कारोबारमा ७ सय ५० रुपैयाँ क्यासब्याक र १५ हजारभन्दा माथिको कारोबारमा १ हजार रुपैयाँ क्यासब्याक गर्ने भएको छ ।

बैंकले हाल देशभर १ सय ३ ओटा शाखा, २८ ओटा शाखारहित बैंकिङ सेवा, ३ ओटा एक्स्टेन्सन काउन्टर तथाल १ सय १७ ओटा एटीएम मार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL