Logo

कामना सेवा विकास बैंकले सुरु गर्यो भिजा डेविट कार्ड, भारत र भुटानमा पनि बैंकको सेवा

कामना सेवा विकास बैंकले सुरु गर्यो भिजा डेविट कार्ड, भारत र भुटानमा पनि बैंकको सेवा



काठमाडौं । कामना सेवा विकास बैंकले भिजा डेविटकार्डको सुरुवात गरेको छ । शुक्रबार काठमाडौं महानगरपालिकाको वडा नं ३० स्थित आफ्नै भवनमा एक कार्यक्रमको आयोजना गर्दै बैंकले उक्त सेवा सुरु गरेको हो ।

laxmi

बैंकका संचालक समितिका अध्यक्ष सुदिप आचार्यले रिवन काटी उक्त कार्यक्रमको शुभारम्भ गरेका थिए ।

बैंकका संचालक चतुराखर अधिकारी, देव कृष्ण काफ्ले र बलराम बरालको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले भिजा कार्डको महत्व र फाइदाका बारेमा प्रकाश पार्दै अब उपरान्त यस बैंकका ग्राहकहरुले नेपाल, भारत र भुटानमा समेत उक्त कार्ड प्रयोग गरि कारोबार गर्न सक्ने बताए ।

बैंकले हाल देशभर ६८ वटा शाखा तथा २० वटा एटिएम मार्फत आफ्नो सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL