Logo

एनआईसी एशिया र महिला महासंघबीच सम्झौता, उद्यमशील बचत खाता योजना सार्वजनिक

एनआईसी एशिया र महिला महासंघबीच सम्झौता, उद्यमशील बचत खाता योजना सार्वजनिक



काठमाडौं । एनआईसी एशिया बैंक र उद्यमशील महिला महासंघसँगबीच सम्झौता भएको छ ।
बैंकले नेपाल उद्यमशील महिला महासंघसँग सहकार्य गरेर ‘उद्यमशील बचत खाता’ योजना ल्याएको हो । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डे र नेपाल उद्यमशील महिला महासंघकी अध्यक्ष देबिका बुढाथोकीले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

laxmi

उक्त सम्झौतासँगै महासंघको वार्षिक योजनामा परेका कार्यक्रमहरूमा आवश्यकता अनुसार महासंघका प्रतिनिधिहरूले उपलब्ध गराएको कागजात, कारोबार, मापदण्डलगायतका आधारमा बैंकले कर्जा प्रवाह गर्न सक्ने अवस्था रहेमा व्यक्तिगत कर्जा २ लाख देखि १० लाख रुपैयाँसम्म उद्यमशील प्राकृतिक ब्यक्तिका लागि उपलब्ध गराइने छ ।

बैंकले २ सय ७७ शाखा, २ सय ८९ एटिएम, ३९ एक्सटेन्सन काउण्टर तथा २३ शाखा रहित बैंकिङ ईकाई मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । बैंकको वासलातको आकार २ अर्ब १५ करोड रुपैयाँ भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १ अर्ब ७१ करोड रुपैयाँ तथा कर्जा १ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL