Logo

राष्ट्रिय वाणिज्य बैकको शाखा मोरङमा, शाखा संख्या २१७ पुग्यो

राष्ट्रिय वाणिज्य बैकको शाखा मोरङमा, शाखा संख्या २१७ पुग्यो



काठमाडौं । राष्ट्रिय वाणिज्य बैकले मोरङ्को मिल्काजुङ्ग गांउपालिका ९ मा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको मधुमल्ला शाखाको औपचारिक उद्घाटनसँगै बैंकको शाखा संख्या २ सय १७ पुगेको छ ।

laxmi

अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. रामशरण खरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले संयुक्त रुपमा शनिबार एक कार्यक्रमबीच उक्त शाखाको उद्घाटन गरेका हुन ।

डा. खरेलले राष्ट्रिय वाणिज्य बैंक देशकै ब्राण्ड एम्बासडर बन्नुपर्ने तथा सरकारी नीति तथा कार्यक्रमलाई थप सघाउ पुर्याउनु बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले समृद्ध नेपाल सुखी नेपाली अभियानलाई सार्थकता बनाउन बैंकले सहुलियतपूर्ण कर्जा प्राथमिकताका साथ लगानी गरिरहेको बताएका छन ।

कार्यक्रममा बेदमाया अर्याल न्यौपानेलाई सहुलियतपूर्ण कृषि कर्जा र गणेश दर्जीलाई विपन्नवर्ग कर्जा समेत प्रदान गरिएको थियो ।

बैंकले २ सय १७ शाखा, १ सय ६५ एटिएम र ९३ शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL