Logo

२ अर्बको १० बर्षे डिबेञ्चर जारी गर्दै एनबी बैंक, बार्षिक १०.२५ प्रतिशत ब्याज

२ अर्बको १० बर्षे डिबेञ्चर जारी गर्दै एनबी बैंक, बार्षिक १०.२५ प्रतिशत ब्याज



कामठाडौं । नेपाल बङ्गलादेश बैंकले २ अर्ब रुपैयाँ बराबरको ‘एनबीबी डिबेञ्चर २०८५÷८६’ जारी गर्ने भएको छ । बैंकले प्रतिकत्ता १ हजार रुपैयाँको दरले कुल २० लाख कित्ता एनबीबी डिबेञ्चर बिक्री गर्न लागेको हो ।

laxmi

बैंकले उक्त डिबेञ्चर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल ईन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियूक्त गरेको छ ।

उक्त ऋणपत्र निष्काशन सम्बन्धी सभ्झौता पत्रमा नेपाल बङ्गलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र नबिल ईन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठद्घारा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

बैंकले जारी गर्न लागेको २ अर्ब बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब २० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट ४० प्रतिशत अर्थात रु. ८० करोड बराबको ऋणपत्र सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात् निष्काशन तथा बिक्री खुला गरिनेछ ।

प्रस्तावित ऋणपत्रमा १० दशमलव २५ प्रतिशत वार्षिक व्याज दरले अर्धवार्षिक रुपमा भुक्तानी गर्ने गरी १० वर्ष अवधिको लागि निष्काशन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL