Logo

शाखा विस्तारमा एग्रेशिभ हुँदै ज्योति विकास बैंक, एकैदिन ५ नयाँ शाखा संचालनमा

शाखा विस्तारमा एग्रेशिभ हुँदै ज्योति विकास बैंक, एकैदिन ५ नयाँ शाखा संचालनमा



काठमाडौं । ज्योति विकास बैंकले एकैदिन ५ ओटा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले बुधबार भक्तपुरको बोडे, काभ्रेको बनेपा तथा काठमाण्डौका साखुँ, बलम्बु र कीर्तिपुरमा एकैचोटी शाखा कार्यालय संचालनमा ल्याएको हो ।

मध्यपुर थिमी नगरपालिका वडा नं ८, बोडेचोकमा रहेको नयाँ शाखाको औपचारिक रुपमा प्रमुख अथिति मध्यपुर थिमी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष देवकृष्ण मोय श्रेष्ठ तथा बैंकका संचालक जगदिश्वर प्रसाद अधिकारीले गरेका थिए । यस्तै काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नं ७ बनेपा बजारमा मा रहेको शाखाको पनि प्रमुख अतिथी बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिँह बादे श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीद्वारा संयुक्त रुपमा उद्घाटन गरिएको हो ।

हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा एटिएममार्पmत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने तयारी गरिरहेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL